स्कुल बसका खलाँसीमाथि पाँच वर्षीया बालिकालाई करणी प्रयासको आरोप

रौतहट, १४ असोज । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेको र जबरजस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कटहरिया नगरपालिका–५ का २२ वर्षीय सर्विन यादव छन्। उनी कटहरियास्थित द ड्रीम एकेडेमीको स्कुल बसमा खलाँसीका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ।

पीडित परिवारका अनुसार बुधबार बिहान बालिका विद्यालयमा अध्ययनरत आफ्ना दाजुलाई टिफिन पुर्‍याउन विद्यालय पुगेकी थिइन्। सोही क्रममा विद्यालय परिसरबाट बाहिर निस्किएकी बालिकालाई यादवले फकाएर विद्यालय नजिकै रहेको खाली छाप्रोमा लगेको आरोप लागेको छ।

छाप्रोमा पुर्‍याएपछि यादवले बालिकामाथि जबरजस्ती करणीको प्रयास गरेको परिवारको आरोप छ। बालिका त्यहाँबाट उम्किएर घर पुगेपछि आमालाई घटनाबारे जानकारी गराएकी थिइन्।

घटनाबारे जानकारी पाएलगत्तै बालिकाकी आमा विद्यालय पुगेकी थिइन्। परिवारका अनुसार विद्यालयका शिक्षकलाई घटनाबारे जानकारी गराउँदा विद्यालयको बदनाम हुने भन्दै घटना सार्वजनिक नगर्न दबाब दिइएको आरोप छ। यस विषयमा प्रहरीले भने अनुसन्धान जारी रहेकाले घटनाका सबै पक्षमाथि छानबिन भइरहेको जनाएको छ।

घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय कटहरियाबाट वरिष्ठ सई जयप्रकाश साहको नेतृत्वमा प्रहरी टोली विद्यालय पुगेको थियो। प्रहरीले विद्यालय परिसर तथा घटनास्थलको निरीक्षण गर्नुका साथै सीसीटीभी फुटेजसमेत जाँच गरेको जनाएको छ।

पीडित परिवारका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा सीसीटीभी फुटेजमा यादवले बालिकालाई विद्यालय परिसरबाट नजिकैको छाप्रोतर्फ लैजाँदै गरेको देखिएको छ। त्यसपछि यादवलाई विद्यालय परिसरबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका यादवलाई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि बुधबार साँझ इलाका प्रहरी कार्यालय गरुडामा बुझाइएको छ। बालिकालाई पनि स्वास्थ्य परीक्षण तथा आवश्यक कानुनी प्रक्रियाका लागि गरुडा पठाइएको वरिष्ठ सई साहले जानकारी दिए।

इलाका प्रहरी कार्यालय गरुडाका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। स्वास्थ्य परीक्षण, बालिकाको बयान तथा अन्य प्रमाणका आधारमा घटनाको वास्तविक अवस्था यकिन हुने प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖