पुस्तान्तरणको सङ्कल्पसहित कांग्रेस केन्द्रीय सदस्यमा मदनराज उपाध्यायको उम्मेदवारी घोषणा

कञ्चनपुर, १४ असोज । कञ्चनपुर क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसको युवा खुलातर्फ महाधिवेशन प्रतिनिधि चयन भएका युवा नेता मदनराज उपाध्यायले केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन्। पार्टी संगठनलाई थप सुदृढ, गतिशील र समयअनुकूल पुस्तान्तरणमुखी बनाउने स्पष्ट खाकासहित उनले उम्मेदवारी घोषणा गरेका हुन्।

'अबको कांग्रेस, युवाको नेतृत्वमा!' भन्ने मूल सङ्कल्पलाई अघि सार्दै उपाध्यायले युवा सहभागिता, सुशासन, आन्तरिक लोकतन्त्र र समग्र समृद्धिलाई आफ्नो राजनीतिक प्राथमिकताको केन्द्रमा राखिएको बताए।

उपाध्यायको राजनीतिक जग विद्यार्थी आन्दोलन र शैक्षिक सुधारका अभियानहरूबाट निर्माण भएको हो। देशकै उत्कृष्ट व्यवस्थापन क्याम्पसहरूमध्ये एक मानिने शंकरदेव क्याम्पसको स्ववियु सचिवका रूपमा कार्यसम्पादन गरिसकेका उनले विद्यार्थीका हकहित, शैक्षिक सरोकार र विश्वविद्यालय सुधारका मुद्दाहरूलाई सार्वजनिक बहसको विषय बनाउँदै आएका छन्।

'अबका युवा उद्यमसँग जोडिनुपर्छ, नवीन प्रविधिसँग अभ्यस्त हुनुपर्छ। हाम्रो शिक्षा र राजनीतिक संस्कार पनि सोहि अनुरुप हुनुपर्छ। म पार्टीमा सिंगो युवाको भावना र आवाज बोक्ने उद्देश्यका साथ केन्द्रीय सदस्यको दावेदार रहेको छु,' उम्मेदवारी घोषणा गर्दै उनले भने। 

राष्ट्रिय विद्यार्थी राजनीतिमा सक्रिय रहँदा देखाएको तार्किक बहस, स्पष्ट अभिव्यक्ति र मुद्दाहरूमा मुखर प्रस्तुतिका कारण उनी युवा तथा विद्यार्थी माझ प्रभावशाली र जुझारु नेताका रूपमा परिचित छन्।

पार्टीको १४औँ महाधिवेशनमा सबैभन्दा कान्छो महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भइसकेका उपाध्यायले त्यसयता कांग्रेसलाई नयाँ पुस्ताको भावनासँग जोड्न निरन्तर काम गरिरहेका छन्। कञ्चनपुर क्षेत्र नम्बर १ मा ‘जनमनमा कांग्रेस, घरघरमा कांग्रेस’ अभियानमार्फत संगठनलाई जनस्तरसम्म विस्तार गर्न उनी क्रियाशील रहँदै आएका छन्। 

स्थानीय तहदेखि पार्टीका उपल्ला संरचनाहरूसम्म युवाको निर्णायक सहभागिता हुनुपर्ने र पार्टीलाई प्रविधि एवं आधुनिक सोचअनुसार रूपान्तरण गर्नुपर्ने धारणा उनले राख्दै आएका छन्। कञ्चनपुरका नेता, कार्यकर्ता तथा आम नागरिकका सुख-दुःख र विकासका आवश्यकतामा निरन्तर जोडिँदै आएकाले पनि उनको उम्मेदवारीलाई विशेष चासोका साथ हेरिएको छ।

आफ्नो एजेन्डा प्रस्तुत गर्दै उपाध्यायले बलियो लोकतन्त्र र संविधानको रक्षा, भ्रष्टाचारमुक्त तथा जवाफदेही शासन प्रणाली, स्वदेशमै रोजगारी एवं उद्यमशीलताको सिर्जना र शिक्षा-सीप-प्रविधिमा नवप्रवर्तनलाई जोड दिएका छन्। यसका साथै कृषि, उत्पादन, आत्मनिर्भर अर्थतन्त्र, समान अवसर, सामाजिक न्याय र दिगो पूर्वाधार विकासलाई उनले आफ्नो प्रमुख प्रतिबद्धता बनाएका छन्।

'राजनीतिलाई केवल पद प्राप्तिको माध्यम नभई नयाँ पुस्ताको भविष्य निर्माण गर्ने उत्तरदायित्वका रूपमा लिनुपर्छ। 'राजनीति पदका लागि होइन, विचार, विकास, स्वविवेक र पुस्ताको भविष्यका लागि!' भन्ने मूल सन्देश हामीले प्रवाह गर्न सक्नुपर्छ। यसो गर्नसक्यौं भने मात्र हामीले स्वार्थभन्दा माथि उठेर राजनीति गर्न सक्छौं,' उनले भने।

यसै सन्दर्भमा उनले महाधिवेशन प्रतिनिधिमा आफूलाई सर्वसम्मत चयन गराएकोमा क्षेत्रवासी, वडा सभापति, क्षेत्रीय प्रतिनिधि तथा नेताहरूप्रति आभार व्यक्त गरेका छन्। 

'तपाईंहरूले १४औँ महाधिवेशनमा सबैभन्दा कम उमेरमा खुलातर्फ महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित गराउनु भएको थियो। आज पुनः मलाई विश्वास गरेर सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन गर्नु मेरा लागि हर्ष र गौरवको विषय हो। त्यतिबेलादेखि तपाईंहरूबाट प्राप्त जिम्मेवारी र विश्वासले दिएको ऊर्जाले म सधैँ नवीन, गतिशील र पुस्तान्तरणमुखी कांग्रेस निर्माणको अभियानमा निरन्तर समर्पित रहेँ। यो यात्रा मेरो निरन्तर रहनेछ,' उनले भने। उनले आफूप्रतिको विश्वास गुम्न नदिनेगरि काम गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖