त्रिपुरेश्वरमा सवारी आगजनीमा मृत्यु भएका अर्जुन दोङकी आमा न्याय माग्दै सिंहदरबारको ढोकामा

काठमाडौं, १४ असोज । त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका चालक अर्जुन दोङ तामाङकी आमा माइलीमाया दोङ छोराको लागि न्याय माग्दै सिंहदरबार दक्षिण गेटमा धर्नामा बसेकी छन् । सरकारले आफ्नाे छाेराकाे परिवारका सदस्यकाे भविष्यबारे कुनै निर्णय नगरेकाे उनले दुखेसाे व्यक्त गरिन् ।

गत असोज ५ गते त्रिपुरेश्वरमा रिद्धिसिद्धि बसमा आगजनी गरेका दोङको भोलिपल्ट मृत्यु भएको थियो । ट्राफिक प्रहरीसँगको झडपपछि उनले आक्रोशमा आफैँले चलाएको बसमा आगजनी गरेका थिए । उक्त आगजनीमा परेर गम्भीर घाइते भएका उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । 

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरीका बासिन्दा अर्जुनको शव परिवारले अहिलेसम्म बुझ्न मानेको छैन । घटनाको दुई साता हुँदासमेत सरकारले कुनै चासो नदेखाएपछि पीडित परिवारका सदस्य न्याय माग्दै सिंहदरबारको ढोकामा पुगेका हुन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖