सामुदायिक वनमा लुकाइ राखिएको ८ नाल भरुवा बन्दुक बरामद
सल्यान । सल्यानको वनगाड कुपिण्डे नगरपालिकाका दुई वटा सामुदायिक वनको ओडारमा लुकाइछिपाई राखिएका ८ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले २०८३ असोज १५ गते बिहान ९ः३० बजे वनगाड कुपिण्डे नगरपालिका–७ स्थित सल्लेरी सामुदायिक वनको ओडारबाट ४ नाल र वडा नम्बर १२ स्थित निगालचुला भदाले सामुदायिक वनको ओडारबाट ४ नाल भरुवा बन्दुक फेला पारी बरामद गरेको हो।
बरामद गरिएका भरुवा बन्दुकका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


