गोरखा, बागलुङ र धादिङका विभिन्न क्षेत्र तीन महिनाका लागि विपद् संकटग्रस्त घोषणा

काठमाडौँ । सरकारले बाढी तथा पहिरोबाट प्रभावित गोरखा, बागलुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले बागलुङका गल्कोट नगरपालिका र ढोरपाटन नगरपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

त्यस्तै, गोरखाको चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका वडा नम्बर १ र २ लाई पनि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

सञ्चारमन्त्री विक्रम तिमिल्सिनाका अनुसार २०८३ असोज ८ देखि ११ गतेसम्म भएको वर्षाका कारण आएको बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रलाई लक्षित गरी उक्त निर्णय गरिएको हो ।

विपद् संकटग्रस्त क्षेत्र घोषणा भएपछि प्रभावित स्थानमा राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणका काम अघि बढाउन सहज हुने सरकारले जनाएको छ ।

मन्त्री तिमिल्सिनाका अनुसार यस निर्णयले प्रक्रियागत जटिलता हटाई विपद् प्रभावित क्षेत्रमा आवश्यक काम छिटोछरितो रूपमा सञ्चालन गर्न सहयोग पुग्नेछ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖