उत्कृष्ट महिला प्रहरी पुरस्कारबाट प्रहरी निरीक्षक प्रमिला कार्की पुरस्कृत

विराटनगर, असोज ३० । ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक प्रमिला कार्की ‘उत्कृष्ट महिला प्रहरी पुरस्कार’बाट पुरस्कृत भएकी छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा समुदायमैत्री प्रहरी सेवा प्रवाह गर्दै महिला प्रहरीको भूमिका सशक्त बनाउन तथा आम नागरिकमाझ प्रहरीको छवि उच्च बनाउन प्रशंसनीय कार्य गरेको भन्दै कार्कीलाई पुरस्कृत गरिएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कार्कीले सम्पादन गरेको कार्यको उच्च मूल्याङ्कन गर्दै पुरस्कार प्रदान गरेको जनाएको छ । उनलाई पुरस्कार कोषकी संस्थापक शिला श्रेष्ठ बज्राचार्यले २५ हजार रुपैयाँको चेकसहित प्रशंसापत्र प्रदान गरेकी थिइन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा कार्यरत महिला प्रहरी कर्मचारीमध्ये उत्कृष्ट काम गर्ने एक जनालाई पुरस्कृत गर्ने उद्देश्यले यो पुरस्कार स्थापना गरिएको हो ।

सुनसरीको धरान उपमहानगरपालिका–८ निवासी शिला श्रेष्ठ बज्राचार्य र कोशी प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाबीच २०८१ सालमा भएको सम्झौताअनुसार २५ हजार रुपैयाँ राशिको यो पुरस्कार प्रदान गर्न थालिएको हो । महिला प्रहरी कर्मचारीको मनोबल उच्च राख्ने र कार्यसम्पादनमा थप प्रेरणा प्रदान गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको जनाइएको छ ।

कार्यक्रममा पुरस्कार कोषकी संस्थापक शिला श्रेष्ठ बज्राचार्यलाई प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖