कोशी प्रदेश प्रहरीद्वारा विधिवत् रूपमा मौलो पूजा सम्पन्न

विराटनगर, कात्तिक ३। बडादसैँ २०८३ को अवसरमा कोशी प्रदेश प्रहरीद्वारा परम्परागत रूपमा मनाउँदै आएको मौलो पूजा विधिवत् रूपमा सम्पन्न गरिएको छ।

कात्तिक ३ गते बिहान ७ः३५ बजेको शुभ साइतमा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालको प्रमुख आतिथ्यतामा मौलोमा विधिपूर्वक पूजाअर्चना गरी मौलो पूजा सम्पन्न गरिएको हो।

कोशी प्रदेश प्रहरी गण, रानीको प्राङ्गणमा आयोजित उक्त पूजामा कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी र जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुखलगायत प्रहरी अधिकृत तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

परम्परागत धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार आयोजना गरिने मौलो पूजालाई नेपाल प्रहरीको ऐतिहासिक परम्परा र सांस्कृतिक पहिचानसँग जोडेर हेरिन्छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖