कोशीमा बिभिन्न मुद्दाका ४ जना फरार प्रतिवादीहरु पक्राउ
विराटनगर, कात्तिक ३ गते । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ५ जना प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ ।
अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनुसार परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा कात्तिक २ गते मोरङबाट १ जना र झापाबाट ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुबाट १० बर्ष ५ महिना १७ दिन कैद सजाय र ९५ हजार रुपैँया जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।


