कांग्रेसको ‘हामी तयार छौँ’ अभियान आजदेखि, तीन लाख कार्यकर्ता मैदानमा

काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसले मंगलबारदेखि ‘हामी तयार छौं’ अभियान सञ्चालन गर्ने भएको छ । एक महिनासम्म सञ्चालन हुने अभियानमा तीन लाख कार्यकर्ता मतदाता र स्थानीय नागरिकसँग प्रत्यक्ष जोडिने भएका छन् ।

पार्टीबाट टाढिएका मतदातासँग विश्वास पुनर्स्थापित गर्ने, संगठन सुदृढ बनाउने र आगामी स्थानीय तह निर्वाचनको तयारी गर्ने उद्देश्यले कांग्रेसले मंगलबारदेखि यस्तो अभियान सञ्चालन गर्न लागेको हो ।

कांग्रेस सभापति गगन थापाको नेतृत्वमा सञ्चालन हुने एक महिने अभियानमा वडा तहदेखि केन्द्रसम्मका करिब तीन लाख नेता तथा कार्यकर्ता परिचालित हुने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए। उनका अनुसार अभियानको मुख्य उद्देश्य आगामी स्थानीय तह निर्वाचनको पूर्वतयारी गर्नु, पार्टीको संगठनलाई थप चलायमान बनाउनु तथा कांग्रेसका नीति, धारणा र गतिविधि आमनागरिकसम्म पुर्‍याउनु हो।

अभियानका क्रममा स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटका लागि अपनाइने प्राइमरी इलेक्सन प्रक्रियाबारे आवश्यक तयारी तथा छलफल गरिनेछ। त्यस्तै, जिल्ला तथा प्रदेश तहमा पार्टीका अधिवेशन, संगठन विस्तार तथा अन्य सांगठनिक गतिविधिलाई समेत प्राथमिकताका साथ अघि बढाइने कांग्रेसले जनाएको छ।

महामन्त्री पौडेलले कांग्रेस अहिले प्रतिपक्षमा रहे पनि राष्ट्रिय जिम्मेवारी पूरा गर्न पार्टी तयार र प्रतिबद्ध रहेको सन्देश जनतामाझ पुर्‍याउन अभियान सञ्चालन गर्न लागिएको बताए। उनका अनुसार अभियानले पार्टीको वर्तमान भूमिका र आगामी कार्यदिशाबारे नागरिकलाई जानकारी गराउने अवसरसमेत प्रदान गर्नेछ।

अभियानअन्तर्गत विगतमा कांग्रेसलाई मतदान गर्दै आएका तर पछिल्लो समय पार्टीबाट टाढिएका मतदातासँग प्रत्यक्ष संवाद गरिनेछ। उनीहरूका गुनासा, प्रश्न र असन्तुष्टि सुन्ने तथा त्यसको जवाफ दिने गरी अभियानलाई जनतासँगको संवादमा केन्द्रित गरिने महामन्त्री पौडेलले बताए।
एक महिनासम्म सञ्चालन हुने अभियानमा केन्द्रदेखि वडा तहसम्मका नेता तथा कार्यकर्तालाई परिचालन गरी नागरिकसँग प्रत्यक्ष सम्पर्क र संवाद बढाइनेछ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖