कारको डिकीबाट ११७ किलोभन्दा बढी गाँजा बरामद, चालक फरार

मकवानपुर, मंसिर ३। मकवानपुरमा प्रहरीले कारको डिकीबाट ११७ किलो ९१० ग्राम गाँजा बरामद गरेको छ। प्रहरीको चेकजाँचका क्रममा ठूलो परिमाणमा गाँजा फेला परे पनि कार चालक भने फरार भएका छन्।

जिल्ला मकवानपुरको भीमफेदी गाउँपालिका–२ भैँसेस्थित प्रहरी चेकपोस्टमा नियमित चेकजाँच गर्ने क्रममा उक्त गाँजा बरामद भएको हो।

प्रहरीका अनुसार गए राति करिब १:४० बजे पालुङबाट भैँसेतर्फ आउँदै गरेको बा.अ.ब. ४४३१ नम्बरको कारलाई चेकजाँचका लागि रोकिएको थियो। सो क्रममा चालकले कारको डिकीमा केही नभएको बताउँदै अचानक फरार भएका थिए।

चालक फरार भएपछि प्रहरीले कारको डिकी खोलेर जाँच गर्दा साना–ठूला गरी गाँजाका ९ वटा पोका फेला पारेको थियो। बरामद गाँजा तौल गर्दा ११७ किलो ९१० ग्राम रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

घटनापछि फरार चालकको खोजी कार्य भइरहेको छ। प्रहरीले बरामद कार र गाँजा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।

चालक फरार रहेकाले गाँजा ओसारपसारमा संलग्न अन्य व्यक्ति तथा यसको स्रोतबारे थप अनुसन्धान भइरहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖