मोरङमा जुवा खेलिरहेको अवस्थामा ४ जना पक्राउ, ४५ हजारभन्दा बढी नगद बरामद
विराटनगर, मंसिर ३। मोरङको बेलबारी नगरपालिका–११ नलबारीस्थित बाँसघारीमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंसिर २ गते साँझ करिब ५ः५० बजे जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले जुवाखालबाट नगद ४५ हजार ८२५ रुपैयाँ र ११ वटा कौडा बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेमा मोरङको कानेपोखरी गाउँपालिका–२ का ५१ वर्षीय खमानसिङ लिम्बु, ५७ वर्षीय कल्याणबहादुर थापा र ३८ वर्षीय नरेश राजवंशी रहेका छन्। यस्तै, सुन्दरहरैँचा नगरपालिका–१ का ४९ वर्षीय रामकुमार राई पनि पक्राउ परेका छन्।
पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

