गाँजा तस्करीमा प्रहरी, जनप्रतिनिधि र नेता संलग्न रहेको भिडियो प्रति जिल्ला प्रहरी कार्यालय धनकुटाको गम्भीर ध्यानाकर्षण

धनकुटा । गाँजा तस्करीमा प्रहरी, जनप्रतिनिधि र नेताहरू नै संलग्न रहेको भन्दै नागरिक न्युजमा प्रसारित भिडियोप्रति जिल्ला प्रहरी कार्यालय धनकुटाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त भिडियोको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान सुरु गरिएको जनाएको हो ।

प्रहरीका अनुसार भिडियोमा उल्लेखित साँगुरीगढी गाउँपालिका–१० का वडाध्यक्ष एकराज राईलाई कार्यालयमा बोलाएर सोधपुछ गरिएको छ । सो क्रममा राईले उक्त भिडियो तीन वर्षअघि ताम्राङ–तांकेरा सडक निर्माण सम्बन्धी छलफलका क्रममा वडा कार्यालय परिसरमा खिचिएको बताएका छन् ।

उनले वास्तविक भिडियोलाई कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि प्रयोग गरी तोडमोड गरेर प्रस्तुत गरिएको दाबी गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा वडाध्यक्ष राईको घटना विवरण कागजसमेत गराइएको र साँगुरीगढी गाउँपालिका–१० को वडा कार्यालयबाट पनि स्पष्टीकरण सहितको प्रेस विज्ञप्ति जारी भइसकेको प्रहरीले जनाएको छ ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय धनकुटाले चालु आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानमा लगाइएका ५७ हजार ५६६ गाँजाका बिरुवा नष्ट गरेको जनाएको छ । साँगुरीगढी, सहिदभूमि, चौबिसे, धनकुटा नगरपालिका र पाख्रीबासलगायतका क्षेत्रमा अभियान सञ्चालन गरी गाँजाका बिरुवा नष्ट गरिएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, अवैध गाँजा तस्करी तथा ओसारपसार नियन्त्रणका क्रममा प्रहरीले ३ हजार ११६ किलो १० ग्राम गाँजा बरामद गरेको जनाएको छ । उक्त कारबाहीमा संलग्न ११ जना र पाँचवटा सवारीसाधनसमेत नियन्त्रणमा लिएर कानुनी कारबाही गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीले अवैध गतिविधिमा प्रहरी कर्मचारी वा अन्य जोकोही संलग्न भएको पुष्टि भएमा कानुन बमोजिम कडा कारबाही गर्ने प्रतिबद्धता जनाएको छ साथै, पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार बनाउँदा नागरिकमा भ्रम फैलिने, प्रहरी कर्मचारीको मनोबल घट्ने तथा संगठनको छविमा असर पर्न सक्ने भन्दै अपुष्ट र भ्रामक सूचनाप्रति सचेत रहन सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालालाई आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी हेमन्त भण्डारी क्षेत्रीद्वारा जारी विज्ञप्तिमा अवैध गाँजा खेती नष्ट गर्ने अभियानलाई निरन्तरता दिइने पनि उल्लेख छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖