निधिले डा. केसीको अनसनलाई फेसन र नानीमैयाको पुलिंग अवतार भन्दै ट्वीट गरे
काठमाडौं, पुस २६ । अदालतको अवहेलना मुद्धामा प्रहरीले पक्राउ गरेका डा.गोविन्द केसीको पक्षमा सामाजिक संजाल लगायत सडकमा समेत ठूलो र व्यापक समर्थन भइराख्दा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले भने केसी र मेडिकल क्षेत्रमा सुधारको मागलाई ब्यङ्ग गरेका छन्।
नेपाली कांग्रेसका चर्चित युवा नेता गगन थापा लगायतअन्य नेताहरु डा.केसीको समर्थनमा रहेका छन्। तर निधीले भने ट्वीट गर्दैं यसरी लेखेका छन्-‘सरकार, संसद र अदालत – तीन वटै (राज्यको अंग) मैले भने अनुसार नै चल्नु पर्छ। I AM THE STATE होईन र यो ?नानीमैयांको पुलिंग अवतार र भक्तहरू….!!’



