चारवटा प्रदेशको राजधानी पञ्चायतकालको जत्तिको सन्तुलित पनि भएन : डा. बाबुराम भट्टराई

काठमाडौं, ४ माघ । नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले तोकेको प्रदेश राजधानी पञ्चायतकालको जत्तिको पनि सन्तुलित नभएको भन्दै आपत्ति जनाएका छन् । मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेश नम्बर १ को विराटनगर, ३ को हेटौँडा, ५ को बुटवल र ७ को धनगढीलाई प्रदेशको अस्थायी राजधानी तोकेको थियो ।

बिहीबार बिहान ट्वीट गर्दै भट्टराईले प्रदेश नम्बर १, ५ र ७ को राजधानी सन्तुलित ढंगले चयन हुन नसकेको प्रतिक्रिया दिएका हुन् । ३ नम्बर प्रदेशको राजधानी पनि केही हदसम्म असन्तुलित नै रहेको उनको प्रतिक्रिया छ ।

‘प्रदेशका अस्थायी केन्द्र तोक्ने क्रममा संघीयताको मर्मविपरीत दल र नेताका निजी स्वार्थ हावी हुनु अत्यन्त दु:खद् र खेदजनक छ । खासगरी प्रदेश १, ५ र ७ ( केही हदसम्म ३ ) मा पञ्चायतकालको विकास क्षेत्रको अवधारणा जत्तिको सन्तुलन पनि नदेखिनु अत्यन्त आपत्तिजनक छ। अब बस्ने प्रदेशसभाले मिलाओस्!’ भट्टराईले ट्वीट गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।