प्रहरीको खोजिमा रहेका नवराज सिलवालले खोले मुख, के भने ?

काठमाण्डौ, ९ माघ । पूर्व डीआईडी एवम् ललितपुर क्षेत्र नम्बर १ का एमाले सांसद् नवराज सिलवाल कहाँ छन् कसैलाई थाहा छैन । तर उनी सामाजिक संजालमा भने निकै चर्चीत छन् ।

प्रहरीको खोजिमा रहेका सिलवालले राज्यले आफूलाई राजनीतिक पुर्वाग्रह सांधेर फसाउन खोजेको प्रतिकृया दिदै आएका छन् । उनले मंगलवार पनि सामाजिक संजालमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

उनले सामाजिक संजाल ट्वीटर र्माफत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । ट्वीटरमा उनले आफू सधै सत्यको पक्षमा रहेको बताएका छन्। सर्वोच्च अदालतमा कीर्ते कागज पेस गरेको मुद्दामा प्रहरीको खोजी सूचीमा रहेका सिलवालले मंगलबार साँझ सत्य दुई नभएर एउटा मात्रै हुने भन्दै झुठ नटिक्ने टिप्पणी गरेका छन् ।

उनले आफू सत्यको पक्षमा रहेको र आफूलाई फसाउन कुप्रचार भएको वताएका छन् । पछिल्ला दिनमा सामाजिक सञ्जाल ट्वीटरमा सिलवाल निकै सक्रिय देखिएका छन् । उनले आफूलाई अफवाहपूर्ण कुप्रचारसहित फसाउने प्रपन्च भएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन्। उनले ट्वीटरमा लेखेका छन्;

‘जसरी निर्दोषलाई ज्ञान हुन्छ, सत्य–तथ्यमा आधारित छानबिनले नै सबैप्रश्नको सहि उत्तर दिन्छ, त्यस्तै अपराधीले पनि निस्पक्ष छानविन हुँदा आफू फसिने बुझेको हुन्छ र त्यहीबाट सुरू हुन्छ अफवाहपूर्ण कुप्रचार सहितको कसैलाइ फसाउने प्रपन्च १’, सिलवालले ट्विट गर्दै थप लेखेका छन्, ‘सत्य दुईटा होइन एउटा मात्रै हुन्छ। झुठो टिक्दैन।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖