सिंहदरवारमा नै राष्ट्रिय खेलाडीको अपमान !

काठमाडौं । आगामी फेब्रुअरी आठ तारिखबाट नामिबियामा आयोजना हुने विश्व क्रिकेट लिग डिभिजन टु को लागि नेपाली टोली शनिवार अभ्यासका लागि युएई तर्फ जाँदै छ । त्यसका लागि आज मन्त्रालयले गरेको बिदाईका क्रममा कप्तान पारस खड्का र खेलाडीहरुको अपमान भएको छ ।

आफ्नो कार्यतालिका व्यस्त भएकाले मन्त्री राजेन्द्र कुमार केसीले खेलाडीलाई बिदाई गर्नका लागि मन्त्रालयमा नै बोलाएका थिए । तर मन्त्रालयले सिंहदवार गेटमा समन्वय नगर्दा खेलाडीलाई लामो समय छिर्न दिइएन ।सिंहदरवारमा छिर्नका लागि कर्मचारीहरुबाहेक अन्यको नाम अगाडी गेटमा टिपाउनु पर्ने हुन्छ । अनि आफ्नो नाम त्यहाँ कार्यरत प्रहरीलाई भने पछि भित्र छिर्न दिइन्छ ।

तर आज खेलाडी तथा कप्तान पारस गेटमा पुगेर खेलकुद मन्त्रालयको बिदाईका लागि आएको भन्दा प्रहरीले आफुहरुलाई नाम नआएको र भित्र पठाउन नमिल्ने जनाए ।पारस एक्लै पुगेकाले उनलाई पठाउन नै मानेन् प्रहरीले । पछि पारसले प्रशिक्षक जगत टमाटालाई फोन गरेर आफ्नो नाम नभएको र गेटबाट छिर्न नदिएको जानकारी गराए । टमाटाले पारसलाई छिर्न दिनका लागि मान्त्रालयका कर्मचारीलाई भनेको पनि करिब २० मिनेट पछि बल्ल गेटबाट भित्र छिर्न दिइयो ।बुझ्नमा आए अनुसार बिदाईका क्रममा बोल्दै पारसले खेलाडीलाई बिदाई गर्ने भन्दै बोलाउने अनि भित्र छिर्नलाई ब्यवस्था नमिलाउने भन्दै असन्तुष्टि ब्यक्त गरेका थिए ।

यहि विषयमा मन्त्री केसी केही रुष्ट देखीए, तर आफ्ना कर्मचारीहरु बिरुद्ध नभई कप्तान पारससंग । बिदाई सकेर निक्लिने क्रममा आफ्नो गाडीमा रहेका मन्त्रि केसीले प्रशिक्षक टमाटालाई के भएको भनेर सोधे । प्रशिक्षक टमाटाले मन्त्री केसीलाई खेलाडीहरुले बिदाईका लागि आउँदा पनि छिर्न नपाएकोमा गुनासो गरेको बताएका थिए । मन्त्री केसीले आफु पनि भोली बाहिर जान लागेकाले बिदाई गर्दिउ भनेर बोलाउँदा उल्टो मसँग रिसाउने भनेर झर्किदै आफ्नो ड्राइभरलाई गाडी चलाउन आदेश दिएर निक्लिएको जानकारी प्राप्त भएको छ ।देशको झन्डा बोक्दै नेपालको नाम राख्न सफल नेपाली क्रिकेट टोलीको अपमान हुनु पक्कै पनि राम्रो सुनिदैन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖