नेपाली युवा बलर सन्दिप लामिछानेलाई दिल्लीले किन्यो भारु २० लाखमा
काठमाडौं, १४ माघ । नेपाली युवा बलर सन्दिप लामिछानेले आईपीएल खेल्ने भएका छन् ।

आइतबार भएको अक्सनमा सन्दिपलाईदिल्ली डेयरडेभिल्सले किनेको हो । उनलाई दिल्लीले २० लाख भारुमा किनेको हो । उनको न्यूनतम मूल्य नै २० लाख तोकिएको हो ।
योसँगै इन्डियन प्रिमियर लिग खेल्ने सन्दिप पहिलो नेपाली खेलाडि बनेका छन् ।
टि ट्वान्टी क्रिकेटको सर्वाधिक चर्चित आइपिएलमा खेल्न पाउनुलाई विश्वभरका क्रिकेटरले सुनौलो अवसरका रुपमा लिने गर्दछन् ।


