फोरमको नेतृत्वमा प्रदेश सरकार : उपेन्द्र यादव (भिडियो सहित)
बल केपी ओलीको कोर्टमा छ, कस्तो गोल हान्नुहुन्छ ?
काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश नम्बर २ मा फोरमको नेतृत्वमा प्रदेश सरकार गठन हुने बताउनुभएको छ ।
रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले यो प्रदेशमा साधनस्रोत शून्य अवस्थामा रहेको, यहाँका मानिस पिछडिएको तथा सिंहदरबारले उपेक्षाभावले हेरेकाले यहाँका जनतामा गरिबी, बेरोजगारीजस्ता समस्या समाधान गर्न सरकारसमक्ष चुनौती रहेको बताउनुभयो ।
अर्को प्रसंगमा अध्यक्ष यादवले संविधानमा धेरै त्रुटि रहेकाले संविधान संशोधन नगरी राष्ट्रिय मुद्दा हल नहुने बताउनुभयो ।
संविधान संशोधनको विषयमा जिम्मेवारीपूर्वक एमालेले भूमिका निर्वाह गरेमा आफूहरुको सहयोग हुने बताउँदै उहाँले वाम गठबन्धनको बहुमत भएकाले हामीलाई सरकारमा किन ल्याउनुपर्यो भनी प्रतिप्रश्न गर्नुभयो । तर उहाँले सरकारले सहयोग चाहेको भए सहयोग गर्न तयार रहेको पनि बताउनुभयो ।
https://youtu.be/u3mKAt2L-6s


