सत्यको पक्षमा उभिनेहरूले महंगो मूल्य तिर्दै आएकै छन् : नवराज सिलवाल
काठमाडौं, १८ माघ। एमाले सांसद तथा पूर्व डिआईजी नवराज सिलवालले सत्यको पक्षमा उभिदा आफुले महंगो मूल्य तिर्नुपरेको बताएका छन्।
शुक्रबार ट्वीट गर्दै उनले भनेका छन्,‘सत्यको पक्षमा उभिनेहरूले महंगो मूल्य तिर्दै आएकै हुन। कोरा शव्दहरू खर्चेर अवमुल्यन गर्नेहरूलाई के थाहा यहाँसम्म आईपुग्दा एउटा मान्छेले कति कठिन र चुनौतीपूर्ण यात्रा तय गरेको होला।’

सिलवाललाई सरकार र प्रहरी नेतृत्वले कीर्ते मुद्दामा जबर्जस्ती फसाउन खोजिरहेका छन्। जसकारण उनी भूमिगत छन्।


