‘कांग्रेस-माओवादी सहमति : प्रचण्ड प्रधानमन्त्री, देउवा राष्ट्रपती !’

काठमाडौं । पार्टी एकता गर्ने भनिएका नेकपा एमाले र नेकपा माअोवादी केन्द्रमा चिसोपन अाएसँगै सत्तारूढ दल नेपाल कांग्रेसले चलखेल गर्ने ठाउँ पाएको छ । वाम एकतालार्इ टुटाउन कांग्रेस एक समूह नै लागि परेको छ । पछिल्लो समय वाम एकता गर्न ढिलाइ भएसँगै कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा माअोवादीलार्इ फकाउन थालेको माअोवादीका एक नेताले बताए ।

देउवा अाफु राष्ट्रपति बन्ने दाउमा छन् । माअोवादी अध्यक्ष प्रचण्डलार्इ प्रधानमन्त्री बनाएर अाफु राष्ट्रपति बन्न देउवाले पहल गर्न थालेका छन् । यदि पचण्डले मानेको खण्डमा माअोवादीलार्इ प्रधानमन्त्री दिएर अाफु राष्ट्रपति हुन खोजेको एक नेताले खबरडबलीलार्इ बताए । राष्ट्रपति बन्न पाए कांग्रेसको नेतृत्व हस्तान्तरण गर्न सहज हुने उनको ठम्याई छ ।

संघीय समाजवादी फोरम र राजपालाई पनि सहमत गराएर प्रचण्डलाई प्रधानमन्त्री बनाउने र कांग्रेसको भागमा राष्ट्रपति पद मागेर आफैँ राष्ट्रपति बन्ने दाउमा देउवा रहेको कांग्रेस नेताले बताए । तर कांग्रेस कै वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि राष्ट्रपति बन्ने चाहना व्यक्त गरेको बताइएको छ ।

प्रचण्डको पछिल्लो अभिव्यक्ति अनुसार पनि वाम एकता हुन कठिन रहेको बुझिन्छ । हिजो मात्रै एक कार्यक्रममा प्रचण्डले भने अब अर्को फड्को मारिन्छ ।

फड्को हानिन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुले मुलुकमा संकट आइलाग्दा आफ्ना अडान छाडेर संकट समाधान हुने योजनातर्फ फड्को मार्ने गरेको बताएका छन् । उनले आफ्नो सो स्वभावलाई धेरैले अस्थिरको संज्ञा दिएको समेत बताए ।

शनिवार चितवको एक कार्यक्रममा बोल्दे प्रचण्डले मुलुकको समृद्धि र हितकालागि एउटै अडानमा नबस्ने बताएका हुन् । उनले मुलुकको हितकालागि जस्तोसुकै कदम चाल्न सक्ने भन्दै देशको राजनीतिक गतिरोध अन्त्य गर्न आफु सदा लागेको बताए ।

‘युद्धको नेतृत्व गरेको मान्छेले शान्ति र सद्भावको कुरा राख्दा अचम्म लाग्न सक्छ’ उनले भने, ‘तर, मैले छाटै समयमा दुबैको नेतृत्व गरँ, जसले नेपालमा राजनीतिक क्रन्ति र शान्ति संभव भयो ।’

मुलुकको समृद्किालागि सधैँ एउटै अडानमा लागेर नहुने भन्दै प्रचण्डले मुलुकमा अफ्ठ्यारो आइलागे अर्को फड्को हान्ने बताए ।

योगेशको ब्यङ्ग:

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार दिउँसोको अफ्ठ्यारो आइलागे अर्को फड्को हानिन्छअभिव्यक्ति दिए । शनिबार चितवनमा गुम्बा उद्घाटन कार्यक्रममा प्रमुख अतिथी बनेर गएको बेला प्रचण्डले बोलेको अभिव्यक्ति पछि एमाले नेता योगेश भट्टराईले झस्किएको शैलीमा ट्वीट गरेका छन् ।

प्रचण्डले राजनीतिमा आफ्नो कुनै स्वार्थ नभएको बताउँदै देश संकटमा परेको बेला विगतमा र अहिले पनि आफूले सबै समूह, शक्तिबीचको तिक्तता र विवादलाई साम्य गरी निकासतर्फ अघि बढाउने भूमिका खेलेको बताएका थिए । उनले भनेका थिए ‘म अहिले जुन किसिमले हिँडेको छु, यसबाट देश र जनतालाई फाइदा पुग्ने लागेन भने म फडको मार्न सक्छु । मेरो मुख्य उद्देश्य समुन्नत र समृद्ध नेपालको निर्माण हो । शान्तिपूर्ण र समृद्ध नेपालका लागि नै मैले आफ्नो जीवन समर्पित गरेको छु।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖