‘भेडा भेडासँग र बाख्रा बाख्रासँग’ – यस्तो छ एमाले–माओवादी पार्टी एकतापछि बाबुरामको टिप्पणी…
काठमाडौं । एमाले माओवादीबीच पार्टी एकता गर्ने औपचारिक सहमति भएको केही समय नबित्दै माओवादीमै रहेर लामो समयसम्म राजनीति गर्दै प्रधानमन्त्रीसम्म भई पार्टी छोडेका नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले पार्टी एकता भएकोमा बधाई तथा शुभकामना ज्ञापन गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमार्फत प्रतिक्रिया दिँदै भट्टराईले पार्टी एकता भएपछी ‘भेडा भेडासँग र बाख्रा बाख्रासँग’ भएको ठहर गर्दै राजनीतिमा यो प्रक्रिया राम्रो भएको भन्दै शुभकामना दिएका हुन् । एमाले–माके एकताप्रक्रिया औपचारिक- रूपले अघि बढेकोमा हार्दिक वधाइ तथा शुभकामना। भट्टराईले भनेका छन्, राजनीतिमा पनि भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु राम्रो कुरा हो। यसबाट अब नेपाली जनतालाई विचार, नीति, कार्यक्रम र कार्यशैली एउटै भएका, तर ब्राण्ड नाउँ मात्रै फरक भएका पार्टीहरूको भ्रमबाट मुक्त हुन धेरै सजिलो हुनेछ।’



