प्रधानमन्त्री ओलीलाई चर्चित हाँस्यकलाकार ‘जिग्रि’ले बिशेष अनुरोध गर्दै लेखे यस्तो पत्र
धनकुटा खबर । प्रधानमन्त्री के पी ओलीको जन्मदिनको अबसर पारेर नेपालका चर्चित हास्य कलाकार कुमार कट्टेल ‘जिग्रि’ले जन्मदिनको शुभकामना सहितको एक अनुरोध पत्र फेसबुक स्ट्याटस मार्फत लेखेका छन ।
पत्रमा जिग्रीले नाम मात्रका सम्माननीयहरुपो फोटो बालुवाटार को भित्ताबाट हटाएर परिश्रमी नेपालीको फोटो, अभाप र पीडाको फोटो, देशको लागि उल्लेखनीय काम गरिरहेका ब्याक्तिहरुको फोटो राखी बालुवाटार प्रवेश गरेपिच्छे यस्ता तस्विरहरु देखेर देश विकाश गर्ने उर्जा मिलिरहोस् भन्ने कामना सहित यस्ता सुझाब दिएका छन । स्ट्याटस यस्तो छः
सम्मानानीय प्रधानमन्त्री केपी शर्मा ओलिज्यु
हजुरलाई बिशेष अनुरोध,
हजुरमा साच्चै अब यो देश बनाउने इच्छाशक्ती र हिम्मत छ भने कृपया यो देशको लागी सिन्को नभाची केवल नाम लेखाउनको लागी मात्र प्रधानमन्त्री भएका सम्मानानीय हरुको फोटो बालुवाटार को भित्ताबाट हटाएर यो देशमा लोकतन्त्र गणतन्त्र ल्याउन सहादत प्राप्तगर्नु हुने वीर सहिदहरुको फोटो, कर्णालिमा कुपोषणका कारण सुकेनाशले ग्रसित बालबालिकाको फोटो, अन्न अभाव र स्वास्थ्य अभावमा रहनु भएका गरीब जनताहरुको फोटो, काठमाण्डौको जाम र मास्क लगाएर हिडिरहेका जनताको फोटो, बिदेशिको भुमिमा रगत पसिना बगाई रहेका जनताहरुको फोटो, राजमार्गमा जताततै खाल्डा परेको फोटो, सगरमाथा र लुम्बिनिको फोटो, मधेशको जमिनमा धान गहु फलिरहेको फोटो, क्रीकेट र फुटबल खेलाडिहरुको फोटो, काठमाण्डौका आकाशे पुल माथी बसेर रमिता हेर्ने बेरोजगारहरुको फोटो राख्नुस ताकी हजुर साझ बिहान बालुवाटारबाट निस्कदा र छिर्दा पुर्व प्रधानमन्त्री हरुको फोटो हेरेर हिनताबोध हैन कि यि फोटो हरु देखेर यो सुन्दर देश नेपाल बनाउनको लागी भित्रैदेखी उर्जा मिलिरहोस !
प्रधानमन्त्रीज्युलाई जन्मदिनको शुभकामना !



