मलेसियामा अलपत्र परेका १० जना नेपालीको उद्धार

काठमाडौं, फागुन ११ । घर फर्किने पैसा नभएर मलेसियामा अलपत्र परेका १० जना नेपालीको उद्धार गरिएको छ ।

मलेसियामा रहेको नेपाली दूतावासले सल्यानका अमर विक, बाँकेका नजिर अलि साई, तनहुँका नारायणबहादुर खड्का, सिन्धुलीका प्रकाश पाख्रिन र संखुवासभाका वीरबहादुर मँग्रातीलाई नेपाल पठाएको हो ।

घर फर्किनेहरुमा काठमाडौंका देवकुमार दमाई, जाजरकोटका हरिश पुन, पर्साका हवारी मोहम्मद रफिक मिया, कास्कीका टिकाबहादुर तामाङ र ताप्लेजुङका उक्निहाङ लिम्बु छन् । अलपत्र परेका उनीहरुलाई दूतावासले उद्धार गरी घर फिर्ती केन्द्रमा राखेको थियो ।

केन्द्रमा रहेका उनीहरु विरामी पर्न थालेको, मानसिक समस्या देखिएको र केहीले आत्महत्या समेत गर्न सक्ने खतरा भएकाले नेपाल पठाइएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुलाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट प्राप्त बजेटबाट टिकट गरेर पठाइएको दूतावासले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।