मन्त्रिमण्डल विस्तारको तयारी, आजै ४ बजे मन्त्रीहरुको शपथ, एमालेबाट को बन्दैछन् मन्त्री ?

काठमाडौँ, १४ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तारको तयारी गरेसँगै आजै ४ बजेका लागि राष्ट्रपति भवन, शीतल निवासमा मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम तय भएको छ ।

यही फागुन ३ गते प्रधानमन्त्री नियुक्त नेकपा (एमाले)का अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) र सकेसम्म मधेशी जनाधिकार फोरम नेपाललाई समेत समेटेर मन्त्रिमण्डल विस्तार गर्न लाग्नुभएको हो ।

हाल मन्त्रिपरिषद् तीन सदस्यीयमात्र छ भने पछिल्लो संशोधित कार्यसम्पादन नियमावलीअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ मन्त्रालय हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले आज ४ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको जानकारी दिनुभयो । एमालेले अर्थ तथा योजना र केन्द्रले गृह मन्त्रालयसहित विभिन्न मन्त्रालयको जिम्मेवारी लिने आपसी सहमति भइसकेको बुझिएको छ । दुवै दलले मन्त्री चयनको अन्तिम निर्णयको अधिकार पार्टी अध्यक्ष एवं शीर्ष नेतालाई दिएका छन् ।

एमालेबाट को बन्दैछन् मन्त्री ?

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार विस्तार विषयमा पार्टीका शीर्ष नेताहरुसँग परामर्श गरिरहेका छन् । भेटवार्तामा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खना, इश्वर पोखरेल लगायतका नेताहरु सहभागी छन् ।

प्रधानमन्त्री ओलीले एमालेबाट सपथका लागि तयार रहन भनेर अहिलेसम्म कसैलाई भनेका छैनन् । उनले माओवादीबाट मन्त्री हुनेहरुको लिस्ट भने बुझिसकेका छन् । सोमबार एमालेबाट बढीमा ८ जना मन्त्रीले सपथग्रहण गर्नेछन् । यसअघि एमालेबाट लालबाबु पण्डित र थममाया थापा मगर सरकारमा सहभागी भइसकेका छन् । माओवादीसँगको भागबण्डामा एमालेले १० मन्त्रालय पाएको छ ।

स्रोतका अनुसार महासचिव ईश्वर पोखरेल अर्थमन्त्री बन्ने सम्भावना छ । तर, सचिव प्रदिप ज्ञवालीले पनि अर्थमै दावी गरिरहेका छन् । महासचिव पोखरेल र प्रदीप ज्ञवाली दुवैजना मन्त्री बन्ने भने निश्चित भएपनि मन्त्रालयको टुङ्गो लागिनसकेको बताइएको छ । सचिव योगेश भट्टराई, लगातार तीन पटक सांसद चुनाव जितेका नेता रविन्द्र अधिकारीलाई पनि मन्त्री बनाउने एमालेको तयारी छ ।

भानुभक्त ढकाल, प्रेम आले, सुरेन्द्र पाण्डे, छबिलाल विश्वकर्मा, कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, शेरबहादुर तामाङ, यज्ञराज सुनुवारको नाममा पनि छलफल भइरहेको स्रोतले जनाएको छ । एमालेको सूर्य चिन्ह लिएर जितेका हृदयेश त्रिपाठीलाई पनि मन्त्री बनाउने बारेमा शीर्ष नेताहरुबीच छलफल भइरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।