‘काठमाडौँमा भारतीय रेल !’

काठमाडौँ, १४ फागुन । नेपाल भ्रमणमा रहनुभएका भारतीय जनता पार्टीका नेता भगतसिंह कोस्यारीले ‘नेपालको काठमाडौँमा भारतीय रेल आउनुपर्छ’ भन्ने अवधारणामा भारत अगाडि बढेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले नेपाल–भारत सम्बन्धलाई प्रगाढ बनाएर दुवै मुलुकले विकास र समृद्धिलाई ध्यान दिनुपर्ने बताउनुभयो ।

नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी)का भारतका संयोजक कोस्यारीले भन्नुभयो, “प्रजातान्त्रिक पद्धतिबाट नयाँ सरकार गठन हुनु ठूलो उपलब्धि हो ।” उहाँले संविधानअनुसार निर्वाचनमार्फत सरकार गठन भएकोप्रति खुशी व्यक्त गर्नुभयो ।

नेपालसँग भारतको सम्बन्ध राजनीतिक दल र जनस्तरमा अटुट रहेको विश्वास गर्दै उहाँले भन्नुभयो, “भारत–नेपाल सम्बन्ध दूधमा मिलाएको चिनी जस्तै हो ।” कोस्यारीले भर्खरै गठन भएको सरकारसँग जनताको उच्च अपेक्षा रहेकाले जनआकांक्षा पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले दुई देशमा हुने साइबर अपराध एवं अन्य सुरक्षा चासो र विकासका मुद्दालाई एकापसमा मिलेर समाधान गर्न चाहेको बताउनुभयो ।

कोस्यारीले आफ्नो नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी ओली, पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा दुवै देशको आपसी सम्बन्ध र चासोका विषयमा छलफल भएको जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।