नेपालले पायो अहिलेसम्मकै विद्वान अर्थमन्त्री !, हेर्नुहोस् भिडियोमा ओली सरकारका नयाँ मन्त्रिहरुले यसरी लिए सपथ

काठमाडौं, फागुन १४ । नेकपा एमालेबाट डाक्टर युवराज खतिवडा अर्थमन्त्री बन्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित हुनुभएका खतिवडाको सांसद पदको शपथग्रहणमा भने सर्वोच्च अदालतले रोक लगाएको छ ।

संविधान अनुसार संसद नभएको व्यक्तिलाई पनि प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्न सक्ने व्यवस्था भएकाले ओलीले उहाँलाई मन्त्री नियुक्त गर्नुभएको हो । खतिवडाले ६ महिनाभित्र संघीय संसदको सदस्य भइसक्नुपर्नेछ ।

डाक्टर युवराज खतिवडा नेपाल राष्ट्र बैंकको पूर्व गभर्नर हुनुहुन्छ । उहाँले युएनडिपी रिजनल सेन्टरमा वरिष्ठ अर्थशास्त्रीका रुपमा पनि काम गरिसक्नुभएको छ । खतिवडा २०५९ देखि २०६२ सम्म नेपाल सरकारको राष्ट्रिय योजना आयोगमा उपाध्यक्षसमेत हुनुहुन्थ्यो ।

खतिवडाले दिल्ली विश्व विद्यालयबाट मौद्रिक अर्थतन्त्रमा पीएचडी गर्नुभएको छ । उहाँले अर्थ राजनीतिसँग सम्बन्धित विभिन्न पुस्तकसमेत लेख्नुभएकाे छ । राष्ट्र बैंककाे गभर्नर भएका बेला अार्थिक सुधारसम्बन्धी विभिन्न कार्यक्रम ल्याउनुभएका खतिवडा अर्थमन्त्री भएकाले नेपालकाे अार्थिक विकासमा सहयाेग पुग्ने अपेक्षा गरिएकाे छ । खतिवडालाई अर्थमन्त्री बनाउन प्रधानमन्त्री केपी शर्मा अाेली अाफैले विशेष भूमिका खेलेकाे बताइन्छ ।

उहाँले २०५० सालमा महेन्द्र विद्या भुषण तथा २०५७ सालमा सुप्रबल गोर्खा दक्षिण बाहु प्राप्त गर्नुभएको थियो ।

हेर्नुहोस् भिडियोमा ओली सरकारका नयाँ मन्त्रिहरुले यसरी लिए सपथ 



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖