भाषण मात्रै नगरी काम गरेर देखाउछु : प्रधानमन्त्री ओली

ललितपुर, १६ फागुन । प्रधानमन्त्री केपी ओलीले सरकारले देश सम्बृद्ध बनाउने कुरामा भाषण मात्रै नगरी काम गरेर देखाउने बताएका छन् ।

ललितपुरमा बुधबार राजदल गण राष्ट्रिय सेवा दलको दीक्षान्त समारोहलाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले सम्बृद्धिका लागि राष्ट्रिय भावना पनि जरुरी हुने बताए । उनले भने, ‘सरकार देश र जनताको सम्बृद्धिका लागि कटिबद्ध, प्रतिबद्ध र प्रयासरत छ यसमा सरकारले कुनै सम्झौता गर्दैन ।’

प्रधानमन्त्री ओलीले सम्बृद्धिका लागि युवाहरुको महत्पुर्ण योगदान हुने भन्दै युवालाई सीप, सिकाएर दक्ष बनाउन जरुरी रहेको बताए ।

उनले देश स्वस्थ राख्न तालिमका साथै मानसिक हिसावले पनि स्वस्थ हुन जरुरी रहेको भन्दै देशलाई अटल र अमर राख्नु सबै नेपालीको कर्तव्य भएको बताए । समारोहमा १३ औँ व्याजका क्याडेटहरुलाई दीक्षित गरिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖