ओली र प्रचण्ड बीच ‘वान टु वान’ छलफल शुरु
काठमाडौँ, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच ‘वान टु वान’ छलफल शुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि शुरु भएको छलफलमा सरकार विस्तारका विषयमा कुराकानी चलिरहेको छ ।
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र प्रचण्डबीच संघीय समाजवादी फोरम नेपालाई सरकारमा सहभागी गराउने विषयमा छलफल चलिरहेको स्रोतले जनाएको छ ।
वाम गठबन्धन फोरमलाई सरकारमा ल्याएर दुई तिहाइ पुर्याउने योजनामा छ । यसका लागि बुधाबार नै फोरमसँग वाम गठबन्धनको लिखित सहमती हुने तयारी भईरहेको छ ।


