प्रदेश २ का कृषिमन्त्रीले यसरी गरे आफ्नो विभागीय जिम्मेवारीको शुरुवात

महेन्द्रनगर, धनुषा । नवनियुक्त प्रदेश २ का कृषिमन्त्री शैलेन्द्र साहले बुधबार शपथ ग्रहणपश्चात् जनकपुरधामस्थित पोखरीमा जाल हान्दै सांकेतिक रुपमा आफ्नो विभागीय जिम्मेवारी शुरु गरेको जनाउनु भएको छ ।

मिथिलाञ्चल क्षेत्रमा माछालाई शुभ संकेत तथा सगुनका रुपमा लिने भएको हुँदा कृषिमन्त्री साहले आफूले पोखरीमा जाल हानेर कामको थालनी गरेको संकेत दिनुभएको हो । उहाँले भन्नुभयो, “हाम्रो प्रदेश २ कृषिमा आधारित भएकाले कृषिलाई राम्रो बनाउन सदैव तयार रहन्छु ।” उहाँले प्रदेशको प्रमुख आय कृषि र रेमिट्यान्स भएको भन्दै दुवै पेशालाई सम्मानित बनाउन प्रदेश सरकार प्रतिबद्ध रहने बताउनुभयो ।

नेपाली काँग्रेसबाट राजनीतिक यात्रा थालनी गर्नुभएका साह संघीय समाजवादी फोरम नेपालका संस्थापक सदस्य मध्येका एक मानिनुहुन्छ । प्रदेशसभामा सप्तरी २ को ‘क’बाट निर्वाचित साहको पृष्ठभूमि पत्रकारिता रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖