रातोबंगला नजिकै चौरसियामाथि गोली प्रहार, श्रीमान्को हत्याको षड्यन्त्रमा प्रियंका पक्राउ

पर्सा, १७ फागुन । वीरगञ्ज महानगरपालिका–१३ का उमेश चौरसियालाई उनकै श्रीमतीले हत्या गराउने षड्यन्त्र रचेको आरोप प्रहरीले लगाएको छ ।

बुधबार राति वीरगञ्जको रातोबंगला नजिकै चौरसियामाथि भएको गोली प्रहार उनकै श्रीमती प्रियंकाले नै गराएको जिकिर पर्साका प्रहरी उपरीक्षक डा गणेश रेग्मीले यहाँ आज आयोजित पत्रकार सम्मेलनमा गर्नुभयो । चौरसियामाथि गोली प्रहार गरेको अभियोगमा पक्राउ परेका प्रियंकासहित चार अभियुक्तलाई सार्वजनिक गर्दै उपरीक्षक रेग्मीले श्रीमतीले नै श्रीमान्को हत्या गराउने षड्यन्त्र गरेको आरोप लगाउनुभयो ।

प्रियंका र बारा, परवानीपुर गाउँपालिका–१ का विकेन्द्र गुप्ताबीच प्रेम सम्बन्ध रहेको र उमेशको हत्या गरेपछि गुप्तासँगै घरजम गर्ने उद्देश्यका साथ परवानीपुर–१ कै निवासी मनोज गुप्ता र वीरगञ्ज १२ मुर्ली निवासी मुन्ना साहलाई योजनामा सामेल गराइएको अनुसन्धानबाट खुलेको बताइएको छ ।

उहाँले उमेशको हत्याका लागि विकेन्द्रले मनोजलाई रु २५ हजार र ना ३४प१०४ नम्बरको आफ्नै मोटरसाइकलसमेत उपलब्ध गराएको बताउनुभयो । प्रियंका र विकेन्द्रले बनाएको योजनालाई मूर्तरुप दिन मुन्नाले चलाएको मोटरसाइकल पछाडि बसेका मनोजले उमेशमाथि गोली प्रहार गरेको बताइएको छ । उहाँले गए राति ९ ः३० बजे गोली प्रहारको घटना भएपछि घटनास्थलमा रहेको सिसी टिभी क्यामराको मद्दतले सबै अभियुक्तलाई पक्राउ गर्न सफल भएको बताउनुभयो ।

प्रहरीले घटनामा प्रयुक्त नलकटुवा पेस्तोल, मोटरसाइकल र मोबाइलसमेत बरामद गरेको छ । गोली प्रहारबाट घाइते भएका उमेशलाई उपचारका लागि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गराइए पनि स्वास्थ्य स्थिति बिग्रिँदै गएपछि थप उपचारका लागि काठमाडाँैको नर्भिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।