एक्कासी विरामी परे एमाले निकट युवा संघका अध्यक्ष पहारी, एभरेष्ट हस्पिटलमा उपचार हुँदै

काठमाडौँ, १७ फागुन । नेकपा (एमाले) निकट युवा संघ नेपालका अध्यक्ष राजीव पहारी अस्वस्थ हुनुभएको छ ।

बुधबार साँझ एक्कासी अस्वस्थ हुनुभएका अध्यक्ष पहारीको अहिले नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटलमा उपचार भइरहेको संघका महासचिव किरण पौडेलले जानकारी दिनुभयो । पहारीलाई निमोनिया भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

उहाँलाई केही दिनसम्म अस्पतालमा राखी उपचार गर्नुपर्ने चिकित्सकको सुझाव रहेको महासचिव पौडेलले बताउनुभयो ।

पहारीलाई चिकित्सक डा रामनारायण शाह र डा नीरज नेपालले उपचार गरिरहनुभएको छ । पहारी कास्कीबाट प्रदेशसभा सदस्य हुनुहुन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।