साउदी अरबमा ७ महिनादेखि २३ नेपालीको हरिबिजोग ! (भिडियो सहित)

रोजगारीको सिलसिलामा साउदी अरब पुगेका २३ जना नेपाली युवा अलपत्र परेका छन् । काठमाडौंस्थित प्रिन्स अन्तरराष्ट्रीय रोजगार सेवा प्रालिबाट सात महिना अघि साउदी अरब पुगेका ती नेपालीको बिचल्ली भएको हो ।

साउदी अरबस्थित इम्पोर्टर सोलुसन कन्ट्राक्टिङ एस्ट कम्पनीमा रोजगारी गर्न पुगेका ती नेपाली काम नदिँदा उनीहरुको बिचल्ली भएको हो । उनीहरुलाई कम्पनीले खाना र ज्याला नदिएपछि कष्टकर जीवन बिताउन बाध्य भएका हुन् ।

‘आएको भोलिपल्टबाट काम आज दिन्छु, भोलि दिन्छु भन्दै आज ७ महिना बितिसक्दा पनि कम्पनीले केही दिएको छैन’, पीडित रामजतन कामतीले भने, ‘हामीले घरमा बालबच्चा परिवार छोडेर उनीहरुको बनाउन विदेश पस्यौँ तर यहाँ आएपछि न त काम मिल्यो न त माम नै ।’

काम नदिने कम्पनीलाई घर पठाइदेउ भन्दा पनि कुनै चासो नदेखाएको उनले गुनासो गरे । राहत र उद्दारको आशमा नेपाली राजदुतावासमा पटक पटक जाँदा पनि आश्वासन बाहेक केही नपाएको बताए । साउदी अरबको लेबर कोर्टमा सम्पर्क गर्दा पनि कुनै सुनुवाइ नभएको पीडितहरुले दुखेसो गरेका छन् ।

भोकभोकै बस्न बाध्य भएकामध्ये एक नेपाली उमेश उरावले दश औँला जोड्दै भने, ‘हामीलाई पटक पटक पुलिसले पक्रिँदै छाड्दै गर्छ । अहिलेसम्म ४ पटक लगिसकेको छ । फिंगर प्रिन्ट गराई छोडिदिने गरेको छ ।’

– अन्नपुर्णपोष्ट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।