नेपाल-भारत सीमा नाका क्षेत्रमा ५९ वटा सीमा स्तम्भ पुनःनिर्माण गरियो

दाङ, १९ फागुन। दाङको नेपाल भारत नाका क्षेत्रमा ५९ वटा सीमा स्तम्भ पुनःनिर्माण गरिएको छ ।

भारतसँग जोडिएको दाङ भू–भाग ८३ किलोमिटरमा ७७ वटा सीमा स्तम्भ रहेका छन् । ७७ मध्ये ३७ मुख्य र ४० वटा सहायक रहेका छन् । तीमध्ये हालसम्म नेपाल र भारतले ५९ वटा सीमा स्तम्भ मर्मत गरिसकेका छन् ।

नेपालले १४ मुख्य र २१ सहायक सीमा स्तम्भको निर्माण गरिसकेको छ भने बाँकी चार मुख्य र एक सहायक सीमा स्तम्भ बनाउन बाँकी रहेको बताएको छ । नेपाल र भारत सरकारको सहमतिअनुसार नेपालले विजोर र भारतले जोर संख्याका सीमा स्तम्भ मर्मत गरिरहेको बताएको छ ।

निर्माण तथा मर्मतको कामसँगै पेन्टिङ र नम्बरिङ भइरहेको सीमा सुरक्षा बल कोइलावासका सशस्त्र प्रहरी निरीक्षक ईश्वर डिसीले जानकारी दिनुभयो । लामो समयसम्म सीमास्तम्भको मर्मत नहँुदा सीमा क्षेत्रनै मेटिने अवस्थामा रहेको थियो ।

नेपालको तर्फबाट नापी विभागका चिफ सर्वे अफिसर बलराम पोख्रेल र भारतको तर्फबाट एसएसबिका अनुरागकुमार शर्माको टोली सीमा स्तम्भको पुनःनिर्माण र मर्मतमा खटिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖