सिलवाल शानका साथ छिरे संसद भवन, प्रहरी भन्छ- थाहा छैन

काठमाण्डौ, १९ फागुन- सरकारी दस्तावेज किर्ते गरेको अभियोग लागेका पूर्वडिआइजी एवम् ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद नवराज सिलवाल संघीय संसद भवनभित्र देखिए पनि प्रहरीले यसबारे अविज्ञता प्रकट गरेको छ । प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका सिलवाल संघीय संसद भवन बानेश्वरभित्र देखिएपछि प्रतिक्रिया माग्दा प्रहरी प्रवक्ता मनोज नेउपानेले यसबारे आफूलाई जानकारी नभएको बताए ।

‘मलाई यसबारे थाहा छैन, म बाहिर छु, हाम्रो काठमाडौंको एसएसपीलाई थाहा होला, सोध्नुस् न,’ नेउपानेले लोकान्तरसँग भने ।

त्यसपछि काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलसँग सम्पर्क गर्दा उनले पनि आफूलाई थाहा नभएको प्रतिक्रिया दिए । ‘यसबारे मलाई थाहा छैन, थाहा भएपछि भनौंला,’ एसएसपी पोखरेलले भने ।

त्यसो त संसद भवनको प्रवेशद्वारमा चौबीसै घण्टा प्रहरीले सुरक्षा दिन्छ । त्यही प्रवेशद्वारबाट सिलवाल भित्र प्रवेश गरे पनि प्रहरीले कुनै वास्ता गरेन । सिलवाल एमाले-माओवादीका सांसदलाई प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्तरूपमा दिने प्रशिक्षणमा सहभागी हुन संसद भवन छिरेका हुन् ।

सिलवाल एमाले-माओवादी गठबन्धनको साझा उम्मेदवार बनेर ललितपुर १ बाट निर्वाचित भएका हुन् ।

सिलवालले वरीयताका आधारमा आफूलाई नै डीआईजीबाट आईजीपीमा बढुवा गर्नुपर्ने मागसहित सर्वोच्चमा दिएको रिटमा प्रहरीको कार्यसम्पादन मूल्याङ्कन तोडमोड गरेको आरोप छ ।

संघीय संसदका सदस्यहरूको शपथग्रहण आइतबारका लागि तोकिएको छ । आइतबार शपथ लिन भ्याएको खण्डमा प्रहरीले सभामुखको अनुमतिविना सिलवाललाई पक्रिन पाउने छैन ।

https://youtu.be/1Hn_QzC1Pkc



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।