ओलीको कडा ब्यङ्गपछि गल्ति स्वीकारे यादवले ! भने -म ज्येष्ठ सदस्य होइन, मैले सपथ खुवाउन मिल्दैन

‘जेष्ठ सदस्य’ मानिएका महेन्द्र राय यादवले प्रतिनिधि सभाका सदस्यहरुलाई शपथ ग्रहण नगराउने भएका छन्। आफ्नो नागरिकताको जन्ममिति नै गलत भएको बताउँदै यादवले आजको शपथ ग्रहणमा आफू सहभागी समेत नहुने बताए।

‘हुन त, नागरिकता अनुसार म नै प्रतिनिधि सभाको जेष्ठ सदस्य हुँ’ यादवले नेपालखबरसँग भने, ‘प्रतिनिधि सभाका सदस्यहरुलाई सत्य र निष्ठाको शपथ ग्रहरण गराउनु पर्ने हुन्छ। तर, मेरो जन्ममिति नै फरक परेको स्थितिमा त्यस्तो शपथ ग्रहण गराउने स्थितिमा म छैन।’

आजको शपथ ग्रहणमा सहभागी नहुने सम्बन्धमा यादवका दुई तर्क छन्। एक, आफ्नै जन्ममिति फरक भएकाले सत्य र निष्ठाको सपथ ग्रहण गराउन मिल्दैन। दुई, जन्ममिति गलत भएकाको सच्याउन पाउनु पर्छ भन्ने माग।

‘धेरै नेपालीको वास्तविक जन्ममिति गलत छ, नागरिकता बनाउँदा कर्मचारीहरुले नै गलत जन्ममिति लेखिदिने गरेका छन्’ यादवले भने, ‘गलत जन्ममिति लेखिएकाहरुको जन्ममिति सच्याउन पाउनुपर्छ भन्ने मेरो माग हो।’

‘नैतिक दृष्टिले मैले प्रतिनिधि सभाका माननीय सदस्यहरुलाई शपथ ग्रहण गराउन मिल्दैन’ यादवले थपे, ‘किनभने, नागरिकताका हिसावले भएपनि वास्तविक रुपमा म प्रतिनिधि सभाको जेष्ठ सदस्य होइन।’

यिनै तर्कका आधारमा आजको शपथग्रहणमा यादव सहभागी नहुने भएका छन्। यादव अनुपस्थित हुने भएपछि प्रतिनिधि सभाका सदस्यहरुलाई प्रतिनिधि सभाका अर्का जेष्ठ सदस्य महन्थ ठाकुरले शपथग्रहण गराउनेछन्।

नागरिकता अनुसार ठाकुर ७५ वर्ष पुगेका छन् भने यादव ८० वर्ष। यादवले आफ्नो वास्तविक जन्ममिति भने बताउन चाहेनन्। उनले भोलि छुट्टै शपथग्रहण गर्नेछन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।