माग्नेबुढाका छोराको ब्रतबन्धमा देखिए प्रचण्डदेखि गगनसम्म, अधिकांश चर्चित कलाकारहरुको पनि उपस्थिती – भिडियो सहित
केदार घिमिरे नेपालका चर्चित हास्य कलाकार हुन्। उनी मेरी बास्सै नामक टेलिसिरियलबाट लोकप्रिय बनेका हुन्। उनी हेटौडाका स्थानीय बासिन्दा हुन्।
घिमिरेले नेपाली हास्य टेलिश्रृङ्खला मेरी बास्सैमा माग्ने बुढाको भूमिकामा अभिनय गरेका थिए। त्यही टेलिश्रृङ्खलाका कारण अहिले उनी केदार घिमिरे भन्दा बढी माग्ने बुढाको नामले चिनिन्छ। उनले २०५० सालमा एस एल सी परीक्षा पास गरेका हुन्।
माग्ने बुढाको बिहे सीता घिमिरेसँग भएको थियो। माग्ने बूढा र सीता घिमिरेको विवाह भएको झन्डै झन्डै दुई दशक बितिसकेको छ। २०५६ फागुन महिनामा विवाह बन्धनमा बाँधिएका थिए माग्ने बूढा र सीता घिमिरे। यिनको दुई सन्तान छन्: छोरा र छोरी।
यो घिमिरे जोडी अहिले एउटै क्षेत्र कलाकारितामा छन्। माग्ने बुढाको छोरा आशिष घिमिरे पनि पढाई सँगसँगै कलाकारितामा पनि सक्रिय छन्। भर्खरै माग्ने बुढाले आफ्नो छोराको व्रतबन्ध गरेका छन्। छोराको व्रतबन्ध निकै भव्य तरिकाले गराए माग्ने बुढाले।
माग्ने बुढाको छोरा आशिषको व्रतबन्धमा ठूला-ठूला राजनैतिक नेताहरू जस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड देखि काङ्ग्रेस नेता गगन थापा र थुप्रै चर्चित नेपाली कलाकारहरूको उपस्थिति थियो।


