‘गार्ड अफ अनर’ पाउने पहिलो विदेशी विशिष्ट पाहुना पाकिस्तानका प्रधानमन्त्री अब्बासीलाई टुँडिखेलमा यसरी गरियो सम्मान (भिडियो सहित)

फागुन २१, काठमाडौं । नेपाल भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री साहिद खाकान अब्बासीलाई ‘गार्ड अफ अनर’ अर्पण गरिएको छ। सैनिक मञ्च टुंडिखेलमा आयोजित विशेष समारोहमा अब्बासीलाई गार्ड अफ अनर दिइयो। अब्बासीको सम्मानमा नेपाली सेनाको एक टुकडीले १९ तोपको सलामी प्रदान गरेको छ।

इतिहासमै पाकिस्तानका प्रधानमन्त्री अब्बासी टुँडिखेलमा गार्ड अफ अनर पाउने पहिलो विदेशी विशिष्ट पाहुना हुन्। समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीगण तथा उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षीलाई सैनिक मञ्च टुँडिखेलको अतिविशिष्ट कक्षमा स्वागत गरेसँगै अब्बासीको सम्मानमा सम्मान गारद प्रदान गरिएको हो । सो अवसरमा पाकिस्तानी प्रधानमन्त्रीले सम्मान गारद निरीक्षण गरेका थिए । समारोहमा दुवै देशका राष्ट्रिय धुन बजाइएको थियो ।

समारोहमा पाकिस्तानी प्रधानमन्त्रीले मन्त्रीगण, संवैधानिक निकायका प्रमुख एवं नेपाल सरकारका उच्चपदस्थ अधिकारी एवं प्रधानसेनापति राजेन्द्र क्षत्रीको परिचय लिएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖