कुकुर डोहोर्याउदै लग्ने र दिसा पिसाव गराउने, गाई पालेर दुध आफु खाने गाईलाई सडकमा छोड्नेहरुको मान्छे सहितको फोटो छाप्नुस : मन्त्री पण्डित

काठमाडौं । मन्त्री लालबाबु पण्डीतले शहरमा जथाभावि फोहोर गर्नेहरुको फोटो छानिछानि छाप्न पत्रकारहरुलाई आग्रह गरेका छन् ।

‘सडकमा कुकुर डोहोर्याउदै लग्ने र दिसा पिसाव गराउने, गाई पालेर दुध आफु खाने गाईलाई सडकमा छोड्नेहरुको मान्छे सहितको फोटो छाप्नुस’ मंगलबार राजधानीमा आयोजित रौतहट टाईम्स साप्ताहिकको कार्यक्रमा पण्डीतले भने ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जनसंख्या तथा वातावरण मन्त्रालय सम्हालेका पण्डीत मन्त्रालय टुक्रिएपछि अहिले अलमलमा छन् ।

एक बर्षभित्र काठमाडौं लगायतका शहरको वातावरणमा उल्लेख्य सुधार गरेर मास्क लगाउनु नपर्ने अवस्था सृजना गर्ने बताएका पण्डीतले अहिलेकै कानुनलाई कार्यान्वयन गरेर नियम मिच्नेलाई नछोड्ने अडान दोहोर्याए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖