नेपाली सेना र चिनियाँ सेनाको सम्बन्ध बढाउनुपर्छ : रक्षामन्त्री पोख्रेल

काठमाडौँ । रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र चीनको सेनास्तरमा पनि पारस्परिक सम्बन्ध विकास हुनुपर्नेमा जोड दिएका छन् । शिष्टाचार भेटका लागि आज सिंहदरबार आएका नेपालस्थित जनवादी गणतन्त्र चीनका राजदूत यु होङसँग रक्षामन्त्री पोखरेलले दुई देशको सम्बन्ध र सहयोग अभिवृद्धिबारे छलफल गर्ने क्रममा यस्तो धारणा व्यक्त गरेका हुन् ।

मन्त्री पोखरेलले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै आपसी सम्बन्धको विस्तार नेपाली सेना र चिनियाँ सेनाका स्तरमा समेत विकसित हुनुपर्ने धारणा व्यक्त गरे । उनले दुवै राष्ट्रको हितसँग सम्बन्धित सूचना आदान प्रदानलगायत नेपालको विकासको निमित्त यस अघि भएका पूर्व सम्झौताहरु कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे ।

रक्षामन्त्री पोखरेलले राजदूत होङलाई नेपालको पूर्वाधार विकासका लागि चीनको निरन्तर सहयोग अपेक्षित रहेको र नवगठित सरकारले मित्रराष्ट्र चीनसँग आपसी सहयोग र सम्बन्ध थप विकास र विस्तार गर्न चाहेको स्पष्ट गरेका थिए ।

भेटमा मन्त्री पोखरेललाई बधाई दिँदै राजदूत होङले नयाँ सरकारको कार्यकालमा चीनसँगको मित्रवत् सम्बन्ध अझ प्रगाढ हुने तथा दुई देशबीच पारस्परिक सहयोग अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको मन्त्रालयका प्रवक्ता ऋषि राजण्डारीले जानकारी दिए ।

राजदूत होङले नेपाल र चीनबीचको सम्बन्ध आगामी दिन थप प्रगाढ हुनाका साथै पारस्परिक सहयोग पनि अभिवृद्धि हुने विश्वास व्यक्त गरेका थिए । भेटका अवसरमा मन्त्रालयका सचिव विनोद केसी, उच्च सैनिक अधिकारी, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको उपस्थिति थियो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।