देश समुन्नत बनाउन सूचना प्रविधिको उपयोग गर्नुपर्छ : मुख्यमन्त्री राई

इटहरी । प्रदेश १ मुख्यमन्त्री शेरधन राईले अब देश सुशासन र प्रविधिमैत्री नीतिसहित समृद्धितर्फ अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।

इटहरीमा क्यान सुनसरीले आयोजना गरेको प्रदेश स्तरीय पाँच दिने सूचना प्रविधि महोत्सव २०७४ को आज उद्घाटन गर्दै उहाँले विश्व अहिले सूचना प्रविधिको उपयोगकै कारणले धनी र सम्पन्न भई भौतिक सुख एवं आर्थिक उन्नतिको शिखरमा पुगिसकेकाले अब हामीले पनि देश समुन्नत बनाउन सूचना प्रविधिको अधिकतम उपयोगमा तयार रहनुपर्ने बताउनुभयो ।

पाँच दिनसम्म चल्ने सूचना प्रविधि प्रादेशिक महोत्सवमा एकसयभन्दा बढी सूचना प्रविधिसम्बन्धी यन्त्र उपकरण एवं सूचना प्रविधिहरुका स्टलहरु राखिएका छन् ।

यसैगरी नेपाल यातायात मजदुर सङ्गठन कोशीले आजै मुख्य मन्त्री राई, सभामुख प्रदिप भण्डारीलाई सम्मान गरेको छ ।

सो अवसरमा मन्त्री राईले यातायात क्षेत्रमा देखिएका समस्याप्रति प्रदेश सरकार सचेतनापूर्वक काम गर्न कहिल्यै पछि नपर्ने विश्वास दिलाउनुभयो ।

आजै मुख्यमन्त्री राई र आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले विराटनगरस्थित १ नं प्रदेश प्रहरी कार्यालयको निरीक्षण गर्नुभएको छ ।

कार्यालयको निरीक्षण गर्दै उहाँहरुले सुरक्षा व्यवस्था मजबूत बनाएर समाजमा शान्ति कायम राख्नका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।