प्रधानमन्त्री ओलीले भने,- नेपालमा अब कसैले भिख माग्नुपर्दैन

काठमाडौं, फागनु २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा खान नपाएर कोही मर्नु नपर्ने बताउनुभएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा सातौं अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले केही दिनमै नेपाल भोकमरीमुक्त देशको घोषणा गरिने पनि जानकारी दिनुभयो ।

अब काम गर्न सक्नेले काम गरेर खाने र काम गर्न नसक्नेलाई सरकारले पाल्ने दावी गर्दै प्रधानमन्त्री ओेलीले सरकारले देशमै काम पाउने वातावरण बनाउन योजना बनाइरहेको बताउनुभयो । केही देशमा अझै पनि नेपाल भिख माग्ने देश भनेर चिनिने गरेको भन्दै ओलीले अब नेपालमा कसैले पनि भिख माग्नुनपर्ने पनि दावी गर्नुभयो ।

आउँदो ५ वर्षमा नेपालले विकासको क्षेत्रमा असाधारण उपलब्धि हासिल गर्ने भन्दै उहाँले उत्पादन र पर्यटन क्षेत्रको सुधार गरेर व्यापार घाटा मनग्य घटाउने दाबी गर्नुभयो । भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध सरकार कठोर हुने भन्दै प्रधानमन्त्री ओलीले घुस दिएर काम बन्छ भन्ने मानसिकता त्याग्न उद्योगी व्यापारीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नेपालले अहिले भोगिरहेको व्यापार घाटा घटाएर आर्थिक सम्बृद्धितर्फ जानु नै यो सरकारको मुख्य लक्ष्य भएको बताउनुभयो ।

यस्तै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले भ्रष्टाचारीलाई तत्काल कारवाही गर्ने चेतावनी दिनुभयो । २८ गतेसम्म चल्ने मेलामा नेपाल, भारत, चीन बंगलादेश र पाकिस्तानका विभिन्न उत्पादन राखिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖