प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभामुख पदका लागि उम्मेदवार नउठाउने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभामुख पदका लागि आफ्नो उम्मेदवार नउठाउने भएको छ ।

शुक्रबार शीर्ष नेताहरुबीचको अनौपचारिक छलफल पछि काँग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध भने काँग्रेसले कुमारी लक्ष्मी राईलाई उम्मेदवारी उठाएको थियो ।

सिंगो संसदको नायक रहने सभामुख निर्विवाद ढंगले चयन गर्न प्रतिपक्षी दलले उम्मेदवारी नदिने जनाएका छन् ।

उनले समाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् :

सभामुखको सालिन व्यक्तित्व र सन्तुलित व्यवहारले संसद र संसदीय पद्धतिको गरिमा अभिबृद्धी हुने विश्वास नेपाली कांग्रेसले लिएको छ ।

अतः सिंगो संसदको नायक निर्विवाद ढंगले चयन गर्न प्रतिपक्षी दलको समेत फरक प्रस्तुति नरहनु नयाँ संसदको नवीन यात्राका लागि सुखद प्रारम्भ हुनेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।