अमेरिकाले बाँध, जलविद्युत् र इञ्जिनीयरिङ क्षेत्रमा प्राविधिक सहयोग गर्ने

काठमाडौँ, २५ फागुन । रक्षामन्त्री ईश्वर पोखरेलले नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत एलाइना बी टेपलिजसँग आज अपराह्न रक्षा मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिकाबीचको परस्पर सम्बन्ध र सहयोग आगामी दिनमा पनि निरन्तर रहने अपेक्षा व्यक्त गर्नुभएको छ ।

मन्त्री पोखरेलले नेपालको बृहत्तर विकासका लागि अमेरिकाको निरन्तर सहयोग अपेक्षित रहेको बताउँदै सरकारले मित्रराष्ट्र अमेरिकासँग आपसी सहयोग र सम्बन्ध थप विकास र बिस्तार गर्न चाहेको स्पष्ट गर्नुभयो ।

राजदूत टेपलिजले नेपालको राजनीतिक परिवर्तनको स्वागत गर्दै नेपालको शान्ति प्रक्रिया विश्वमा नै अनुकरणीय भएको र वर्तमान सरकारले आफ्नो कार्यकाल पूरा गरेर नेपालको राजनीति स्थिर हुनेमा आफू आशावादी रहेको उल्लेख गर्नुभयो ।

उहाँले नेपाली सेनाले विभिन्न किसिमका प्राकृतिक प्रकोपबाट पीडितको उद्धार गर्ने र संयुक्त राष्ट्रसंघ मातहत रहेर शान्ति कायम राख्ने कुरामा पु¥याएको योगदानको सराहना गर्नुभयो । उहाँले नेपाल–अमेरिकाबीच परस्पर सैनिक तालीमका माध्यमबाट दुवै देशको सैनिकको क्षमता अभिवृद्धि भएको बताउँदै नेपालमा बाँध, जलविद्युत् र अन्य इञ्जिनीयरिङ क्षेत्रमा प्राविधिक सहयोग प्रदान गरी क्षमता अभिवृद्धि गराइने वचन दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।