१५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ६० वर्षीय चटपटे व्यापारी पक्राऊ

गाईघाट, उदयपुर, २६ फागुन । जबर्जस्ती करणी गरेको अभियोगमा शुक्रबार साँझ यहाँ प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी बराह–६ घर भई हाल उदयपुर बेलका नगरपालिका– ९ शुक्रबारेमा चटपटे व्यापार गर्दै आएका ६० वर्षीय सुडीलाल चौधरी रहेका छन् । स्थानीय एक १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार चौधरी साँझपख बाटोमा एक्लै हिँड्दै गरेको अवस्थामा बलजफ्ती पक्रेर झाँडीमा लगी स्थानीय १५ वर्षीया ती किशोरीलाई जबर्जस्ती करणी गरेको थियो ।

घटना घटेपछि बालिका चिच्याएको र स्थानीयवासीले उक्त घटना सम्बन्धमा थाहा पाएर प्रहरीलाई जानकारी गराएपछि चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने कार्य भइरहेको पनि उहाँले बताउनुभयो ।

पक्राउ परेका चौधरीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुर ल्याउने कार्य भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖