सुशासन र समृद्धि हाम्रो प्राथमिकता : मुख्यमन्त्री राई

काठमाडौँ, २६ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यो प्रदेशलाई नमूना प्रदेशको रूपमा विकास गर्ने बताउनुभएको छ ।

रिपोटर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा उहाँले भ्रष्टाचार, दण्डहिनता र आपराधिक क्रियाकलापको अन्त्य गर्दै प्रदेश नं १ लाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“प्रदेश नं १ मा ठूला-ठूला उद्योग, कलकारखाना स्थापना गर्न सकिन्छ, आयोजना सञ्चालन गर्न सकिन्छ, त्यसबारे गम्भीर रूपमा छलफल गरेर अगाडि बढनुपर्ने हुन्छ”–मुख्यमन्त्री राईले भन्नुभयो ।

उहाँले नीति तथा कार्यक्रम ल्याउनुभन्दा पहिला जनताको भावनाअनुरूप सबैको सल्लाह र सुझावको आधारमा प्रदेश नं १ को स्थायी राजधानी र नामाकरण गरिने बताउँदै मिडियालाई कुनै पनि बहानामा अंकुश लगाउन नहुने धारणा व्यक्त गर्नुभयो ।

पछिल्लो पटक कान्तिपुर दैनिक र सर्वोच्च अदालतबीच भएको मुद्दा मामिलालाई संविधानको मर्म अनुरूप टुंग्याउनुपर्नेमा पनि मुख्यमन्त्री राईले जोड दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।