नेपाल भेटेरिनरी एसोसियसन प्रदेश नं ५ को प्रथम प्रादेशिक सम्मेलन सम्पन्न, ५ बुदे घाेषणापत्र जारी
बुटवल २५ फागुन । नेपाल भेटेरिनरी एसोसियसन प्रदेश नं ५ को प्रथम प्रादेशिक सम्मेलन यहि मिति २०७४ फागुन २५ गते बुटवलमा सम्पन्न भएको छ ।

प्रदेश प्रमुख माननीय उमाकान्त झा को प्रमुख आतिथ्यता एवं प्रादेशिक सम्मेलन संयोजक डा. कृष्ण काफ्लेको अध्यक्षतामा सम्पन्न सम्मेलनले डा. अर्जुन चापागाईंको अध्यक्षतामा ९ सदस्यीय प्रथम प्रादेशिक कमिटी सर्वसम्मतिले चयन गरेको छ ।
कृषि, भुमी व्यवस्था तथा सहकारी मन्त्रालय, प्रदेश नं ५ का सचिव यमनारायण देवकोटाको विशिस्ट आतिथ्यता, नेपाल भेटेरिनरी एसोसियसनका केन्द्रीय अध्यक्ष डा. शितल काजी श्रेष्ठको विशेष आतिथ्यता, नेपाल पशु चिकित्सा परिषदका सदस्य डा नारायण न्यौपाने, पक्लिहवा कृषी क्याम्पस प्रमुख डा कन्हैया प्रसाद सिंह , जिपसेका प्रमुख डा विनय कर्ण लगायतको आतिथ्यता रहेको सम्मेलनले ५ बुंदे घोषणा पत्र जारी गरेको थियो ।
अध्यक्ष : डा अर्जुन चापागाईं
उपाध्यक्ष : डा उत्तम आचार्य
सचिब : डा सुन्दर बस्याल
कोषध्यक्ष : डा विरेन्द्र श्रेष्ठ
सह सचिब : डा शंकर न्यौपाने
सदस्य : डा युवराज पन्थ
सदस्य : डा गिरिराज खनाल
सदस्य : डा सजिता ज्ञवाली
सदस्य : डा भरत काफ्ले


