६७ जना यात्रु लिएर ढाकाबाट उडेको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना, उद्धारमा लाग्न गृहमन्त्रीको निर्देशन

काठमाडौं, फागुन २८ । फुटबल मैदानमा चिप्लिएर अवतरणका क्रममा दुर्घटनामा परेको यूएस बंगलाको विमानमा ६७ यात्रु भएको बीबीसी बंगलाले जनाएको छ ।

स्थानीय समय अनुसार सवा १२ बजे बंगलादेशको हजरत शाहजलाल अन्तराष्ट्रिय विमानस्थलबाट उडेको एसटु-एजीयू कल साइन रहेको त्यो विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको हो ।

आगलागीमा परि घाइते भएकाहरुमध्ये २० जनाको उद्धार भएको बताइएको छ । तर दुर्घटनाको पूर्ण विवरण भने आएको छैन । घाइतेहरुमध्ये केही सिनामंगलमा रहेको केएमसी अस्पताल तथा केहीलाई हेलिकप्टरमार्फत अस्पतालमा लगिएको छ ।

अहिले दुर्घटनाका बारेमा जानकारी लिन गृहमन्त्री रामबहादुर थापा विमानस्थल पुग्नु भएको छ ।

उद्धारमा लाग्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रामबहादुर थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको विमानका यात्रुको उद्धारमा लाग्न निर्देशन दिनुभएको छ ।

गृहमन्त्री थापा दिउँसो ३ बजे दुर्घटनास्थल पुगेर घाइतेको शीघ्र उपचार गर्न निर्देशन दिनुभएको हो । उहाँले घटना दुःखद् भएको भन्दै सबैलाई धैर्यधारण गर्न आग्रह गर्नुभएको छ ।

दिउँसो १४ः२० बजे लागेको आगोलाई नेपाली सेना, नेपाल प्रहरी, काठमाडौँ तथा ललितपुर महानगरपालिका र विमानस्थलकै दमकलले निभाएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।