बोक्सीको आरोपमा कुटपिट गरिएको स्थानमै पुगेर रविले यसो भने – हेर्नुहोस् भिडियो
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका ५ की राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गरिएका थिए ।
न्युज २४ का सिधाकुरा जनता संगको कार्यक्रम संचालक रवि लामिछाने घटना स्थल बाटै कार्यक्रम संचालन गरी चेतना फैलाउन घोडाघोडीमा पुगेका छन् । चौधरीमाथि बोक्सीको आरोप लगाई कुटपिट भएको र कुटपिट गर्ने भनिएका व्यक्तिलाई प्रहरीले समैसकेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयबाट आइतबार विज्ञप्ति जारी गर्दै राधाको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने जनाइसकेका छन् । पिडितलाई न्याय दिलाउन देशभरबाट माग गरिरहेका छन्।
यही फागुन २४ गते बिहीबार राधा चौधरीलाई बोक्सीको आरोप लगाउँदै आफूलाई भोलेबाबा बताउने स्थानीय झाँक्री रामबहादुर चौधरीले कुटपिट गरेको र स्थानीयबासी मुकदर्शक बनेको भिडियो सार्वजनिक भएको थियो । भोलिको सिधाकुरा जनतासंग घटनास्थलबाटै लाइभ गर्न रवि लामिछाने घोडाघोडी पुगिएका हुन् ।


