फरार रहेका गुण्डा नाइके दिपक मनाङे पक्राउ
काठमाडौं । गुण्डा नाइके दिपक मनाङे पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले मनाङेलाई बिहीबार पक्राउ गरेको हो ।
मनाङेलाई गत माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय तोकेको थियो । त्यसपछि फरार रहेका मनाङे प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका थिए ।
गत प्रदेशसभाको निर्वाचनमा प्रदेश नं. ४ बाट मनाङे प्रदेशसभा सदस्यमा समेत निर्वाचित भएका थिए ।


