श्रीमान भेट्न आएकी युवती होटलमा मृत्त भेट्टिइन्

नुवाकोट, १८ वैशाख । बाजुराको स्वामीकात्तिक गाँउपालिका–४ की लक्ष्मी नाथ आज विदुर नगरपालिका–२ स्थित डाइमण्ड होटलमा मृत्त अवस्थामा भेट्टिएकी छिन् ।

नुवाकोट सिटी अस्पतालमा अहेब पदमा कार्यरत श्रीमान नविन नाथलाई भेट्न चार दिनअघि यहाँ आएकी २४ वर्षीया लक्ष्मी अपराह्न होटलको कोठामा मृत्त अवस्थामा भेट्टिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो ।

होटलमा बस्ने क्रममा आफूसँग सामान्य विवाद भएकाले बाथरुमको धारोमा सलको पासो लगाएर आत्महत्या गरेपछि आफूले त्यहाँबाट उनको शव निकालेर कोठामा राखेको श्रीमान नविनले प्रहरीलाई बताएका छन् ।

घटना शंकास्पद रहेको भन्दै प्रहरीले नविनलाई नियन्त्रणमा लिएको छ । लक्ष्मीको माइतीपक्ष डडेल्धुरबाट आउनेक्रममा रहेकाले शव घटनास्थलबाट उठाउन बाँकी छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।